कांग्रेस सांसद गुरुङसहित ९ जनालाई बिशेष अदालतबाट दोषी ठहर

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको जनाइएको छ ।

उक्त मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएको र ५ जनालाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जसमा अख्तियारले गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (४) बमोजिम सजाय माग दाबी गरेको थियो। उक्त उपदफामा दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगोसमेत जफत गर्ने भनिएको छ।

तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, समाजकल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव भनिने रवीन्द्र कुमार, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने र काठमाडौं फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी ठहरिएका छन्।

पुर्वमन्त्रि न्यौपानेले आफू महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा गुरुङको कम्पनी काठमाडौं फनपार्कलाई प्रतिरोपनी मासिक ९ हजार २ सय ५० रुपैयाँमा भाडामा दिने निर्णय परिषद्बाट गराएका थिए। जब कि त्यही बेला भृकुटीमण्डपकै छेउ टुकुचामा इच्छुमती तरकारी बजारलाई परिषद्ले प्रतिरोपनी प्रतिमहिना ७८ हजार ५ सय ७१ रुपैयाँका दरले भाडामा लगाएको थियो।

न्यून भाडादरमा जग्गा दिने निर्णय गलत भएको भन्दै रद्द गर्न पटक–पटक अख्तियारले सरकारलाई निर्देशन दिएको थियो। यो मुद्दामा सञ्चालक गुरुङले अन्तरिम आदेश लिएर पुनः उपयोग गरिरहेका थिए।

अहिले परिषदले यो विषय पटक–पटक छानबिन पनि गरेको छ। छानबिन प्रतिवेदन त्यतिकै थन्क्याइएका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *