ग्रिसमा रेलको दुर्घटनामा परि ३२ जनाको मृत्यु

ग्रिसमा रेलको दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् । मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किएको बीबीसीले जनाएको छ।

एउटा मालबाहक रेल र अर्को यात्रुवाहक रेल मध्य ग्रिसको लारिसा सहर नजिकै दुर्घटनामा परेका हो। बीबीसीका अनुसार एथेन्सबाट थेसालोनिकी जाँदै गरेको यात्रु बाहक ट्रेन र थेसालोनिकीबाट लारिसा जाँदै मालवाहक ट्रेनको बिचको ठक्कर भएको थियो।

जसमा यात्रुवाहक रेलमा सवार मध्ये २५० जनाको उद्दार गरिएको छ । यस्तै उक्त रेलमा ३५० भन्दा बढी यात्रु सवार रहेका थिए।

ट्रेनको ठक्करका कारण र कसको गल्ति भन्ने अहिले सम्म नखुलेको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *