डिजेल पेट्रोलको मूल्य घट्यो, खाना पकाउने ग्यासको भने बढ्यो

नेपालमा डिजेल पेट्रोलको मूल्य घटेको छ। भारतबाट घटेर आएको डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँ घटेको नेपाल आयल निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई एक पत्र पठाउँदै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको जानकारी दिएको हो।

निगमको अनुसार हवाइ इन्धनमा७.३ रुपैयाँ घटेर आएको छ । यो घटेको मूल्यलाई आधार मान्दा अझै ४४ करोड रुपैयाँ नाफामा रहने देखिन्छ । उक्त विषयलाई सञ्चालक समितिको बैठकले तय गर्ने छ।

इण्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ। यसअघि पनि मूल्य घटेको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *