जनकपुरधामस्थित मिटरब्याजी पिडितको प्रदर्शन: समस्याहरु तत्काल समाधान नगरे कडा संघर्षमा उत्रने चेतावनी

जनकपुरधाममा आज मिटरब्याजी तथा लघुवित्त पिडितहरुले सकारविरुद्ध प्रदर्शन गरेका छन्।

यस्तै मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै प्रदर्शनकारी एवं पिडित पक्षहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गर्ने प्रयास गरेको संघर्ष समिमितका अभियन्ता संघर्ष दहालले जानकारी दिए।

उनको अनुसार मिटर ब्याज विरुद्ध संघर्ष समितिले १० सुत्रीय माग राख्दै प्रदर्शन गरेको हो । पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने लगायतका मागको नारा रहेको छ।

साथै लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने समेत माग गरेका छन्। यस्ता समस्याहरु तत्काल समाधान नगरे कडा संघर्षमा उत्रने संघर्ष समितिले चेतावनी समेत दिएको छ।

प्रदर्शनकारीहरुले रंगभूमि मैदान बाह्रविघाबाट सुरु गरेर क्रमश: जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *