प्रदेश नं १ को ‘कोशी’ नाम कायम भएको उपलक्ष्यमा आज सार्वजनिक विदा

प्रदेश नं १ को नाम कोशी कायम भएको उपलक्ष्यमा आज प्रदेशसभाले सार्वजनिक विदा दिएको छ। बुधबार बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित भएपछि बिहिबार उक्त खुशीको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको हो।

यसअघि नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।

बुधाबार प्रदेश सभा बैठकमा मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको थियो।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारको उक्त संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिनुभएको थियो

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *