पहेँलो सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो

आज नेपाली सुनचाँदी बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। छापावाली सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सप्ताहको पहिलो दिन तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीमा प्रतितोला १० रुपैयाँले बढेर आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *