झारफुकको बहानामा १४ वर्षीय बालिकालाई निर्घात कुटपिट गर्दा मृत्यु, हत्या गरेको आरोपमा एक माता पक्राउ

रुपन्देहीमा एक झारफुक गर्ने माताले झारफुक गर्ने क्रममा कुटपिट गर्दा १४ वर्षीय बालिकाको मृत्यु भएको छ। रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा सोहि स्थानमा बस्ने २२ वर्षीया सोनिया रेश्मीले १४ वर्षीया सिता ज्ञवालीलाई निर्घात कुटपिट गर्दा मृत्यु भएको हो।

अहिले उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरि थप अनुसन्धान थालेको छ। गत आइतबार रेश्मीले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा देखिएको थियो।

माता भन्ने रेश्मीले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

प्रहरीको अनुसार कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओको आधारमा रेश्मीलाई पक्राउ गरिएको हो।

पारिवारिक स्रोतको अनुसार विगत ४/५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी थिईन। उनलाई पटक पटक अस्पतालमा चेकजाँच गरिएको थियो। तर चेकजाँच र औषधि सेवन गर्दा समेत निको नभएपछि माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको थियो।

निर्घात कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भइसकेको थियो। सिताको मृत्यु भएको परिवारले थाह पाए लगत्तै रातिको समयमा पनि कपिलबस्तु जिल्लाको लक्ष्मणघाट क्षेत्रमा सीताको दाहसंस्कार गरेका थिए।

अहिले आरोपित माता भनिने सोनिकालाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *