दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ गम्भीर घाइते

दार्चुलामा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको जनाएको छ। उनलाई उपचार गराउन अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

मंगलबार मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका –४ बांगाबगर खानेपानी ट्याङ्कीनजिक लास्कु खोलामा खसेको थियो। उक्त दुर्घटनामा परि घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिए। डुङरी मन्दिरमा पूजापाठ गर्न आएका थिए।

यस्तै सोहि दुर्घटनाबाट महाकाली नगरपालिका –२ बुढिचौराका २४ वर्षीय जिपचालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन्।

यसैगरि मख्खनराम नेगी, किरणकुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेका जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *