साताको तेस्रो दिन सेयर बजार १४.४१ अंकले बढ्यो

आज सेयर बजारमा नेप्से परिसूचक १४.४१ अंकले बढेको छ। मंगलबार सेयर बजार १९५२.६६ बिन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मंगलबार ०.७४ प्रतिशतको वृद्धि हुँदै बजारमा २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच भएको छ। जसमा रु .१ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै सबैभन्दा धेरै जबिध्युत क्षेत्रमा भएका लगानीकर्ताहरुले कारोबार गरे। आज उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए ।

यस्तै सर्वधिक नाफा कमाउनेमा क्रमशः शुभम पावर लिमिटेड, सुपर मादी हाइड्रोपावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र इमेरजिङ नेपाल रहेका छन् । भने साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *