सुनको मुल्यमा १ हजारले घट्यो

आज सुनको मूल्य १ हजारले घटेको छ। बजारमा छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *