एमालेका नेता नेम्वाङको निर्वाचन खर्च १६ हजार पाँच सय

राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १६ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन् । निर्वाचन आयोगलाई नेता नेम्वाङले आफ्नो निर्वाचन खर्च १६ हजार पाँच सय रुपैयाँको विवरण बुझाएका हुन्।

उनले शुक्रबार निर्वाचन प्रतिनिधि महेश बर्तौलानिर्वाचन अधिकृत महेश शर्मा पौडेललाई निर्वाचन खर्च विवरण बुझाएका थिए। उक्त खर्च विवरण अनुसार सांसदहरुलाई एसएमएस गर्दा १० हजार र विविध अन्तर्गत मसलन्दमा ६ हजार ५ सय खर्च गरेको छन्।

बिहिबार भएको राष्ट्रपतिको निर्वाचनमा उनि नेपालि कांग्रेसका रामचन्द्र पौडेल संग पराजित भएका थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *