जनमत पार्टीका झाले अघि सारिन् उप-राष्ट्रपतिमा आफ्नो नाम

उप-राष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेपछि अहिले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने भएको छ।

उनले आज पार्टीको बैठकमा आफुले उपराष्ट्रपतिमा पाउनु पर्ने दावी गर्दै आफ्नो नाम अघि सारेकी हुन्। जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज समेत रहेकी झाले आफ्नो राजनीतिका यात्रा सदभावना पार्टीबाट सुरु भएको बताइन्।

यसअघि उनि स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार रहेकी थिइन्।

भोलि शनिबार उप-राष्ट्रपतिको मनोनयन दर्ता हुँदै छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *