साँखुमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईको परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रदर्शन

काठमाडौंको साँखुमा पिडित पक्षलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै पदर्शन भएको छ। बुधबार भएको सडक दुर्घटनामा परि मृत्यु भएको व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो।

शुक्रबार पिडित पक्षले घटनाको निष्पक्ष छानविन हुनुपर्ने र टिपर आतंक बन्द गर्नुपर्ने भन्दै नारासहित प्रदर्शन गरेको जनाइएको छ। साथै पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले आज साखुँ बसपार्क अगाडीको विरोध प्रदर्शन गर्दै सडक समेत अवरुद्ध गरेका छन्।

शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुकी टिपरले बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पत्रकार पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्कालाई ठक्कर दिएको थियो।

उक्त घटनाका बिषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *