बैंक तथा वित्तिय संस्थाले ज्यादती गरेको भन्दै देशभरका उद्योग व्यवसायीहरूको चर्को प्रदर्शन

बैंक तथा वित्तिय संस्थाले ज्यादती गरेको भन्दै देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन्। मंगलबार देशभरका उद्योगी व्यवसायीहरूले ‘बैंकिङ्ग आतंक बन्द गर’ भन्दै बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन्।

अर्थतन्त्रको गिरावट आएको बेला पनि बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै उद्योग व्यवसायीहरु बैंक बिरुद्ध सडक उत्रिएको जनाइएको छ। उनीहरुले राष्ट्र बैंक अगाडि पुगेर उनीहरुको पीडा महसुस नगरेको आरोप लगाउँदै व्यवसायीहरुले पीडा महसुस गराउन ध्यानाकर्षण गराएका छन्।

यस्तै उक्त विरोध कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताएका छन्। उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको जिकिर गरे।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *