सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि

सेयर बजारमा आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको सेयर बजारमा मंगलबार १.८५ अंकले वृद्धि भएर १९५३.०६ अंकमा बन्द भएक छ।

मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताको तेस्रो दिन एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ४८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ४५ लाख र शिवम् सिमेन्टको ३ करोड १६ लाखको कारोबार भएको छ ।

यस्तैगरि आज कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *