उपराष्ट्रपति पदको निर्वाचनमा जसपाका नेता यादवलाई नेपाली कांगेसको समर्थन

उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदैछ । आसन्न उप-राष्ट्रपतिको निर्वाचन बारे छलफल बैठकमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई समर्थन गर्ने भएको छ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपाका नेता यादवलाई मत दिने निर्णय गरेको हो।

उक्त बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उहाँलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन समेत गरेको जनाइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *