उप-राष्ट्रपतिको निर्वाचनमा मत नदिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले उप-राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ। बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा पार्टीले यस्तो निर्णय लिएको हो।

किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित भएको उल्लेख गर्दै तत्काल निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएको छ।

‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि राष्ट्रपतिको निर्वाचनमा राप्रपाले मत नदिने निर्णय गरेको थियो अहिले पनि उक्त पार्टीले आफु तटस्थ बस्ने घोषणा गरेको छ। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुँदैछ।

यस्तै प्रेस विज्ञप्ति अनुसार रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *