कास्कीमा चितुवाको आक्रमणबाट दुई जना घाइते

कास्कीमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएका हुन्।

प्रहरीको अनुसार घाइते भएका ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पताल भइरहेको छ ।

यस्तै चितुवा नियन्त्रणमा लिने क्रममा चितुवा मृत अवस्थामा फेला परेको छ। अहिले उक्त चितुवालाई स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिई वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *