२०३० को विश्वकप फुटबलको आयोजकमा थपियो मोरक्को

आगामी वर्ष सन् २०३० को विश्वकप फुटबलको आयोजकमा मोरक्को फुटबल स्पेन र पोर्चुगलसँग सामेल भएको छ। विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को पनि थपिएको जनाइएको छ।

यसअघि स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेका थिए । अब सहआयोजकमा मोरक्को पनि थपिएको हो।

यस्तै विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्को साथै अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा आफ्नो दाबी पेश गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *