युएईबिचको खेल हेर्न प्रधानमन्त्रि प्रचण्ड पुगे त्रिवि मैदान कीर्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुगेका छन्।

नेपाली टोलीको हौसला बढाउन मैदानमा पुगेका प्रधानमन्त्री अहिले खेल हेरिरहेका छन्। नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दासले जानकारी दिनुभयो ।

नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दास अनुसार प्रधानमन्त्री केही समय खेल हेरेर फर्किने छन् । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले अहिले युएईविरुद्ध बलिङ गरिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गरेको हो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ ।

युएईले अहिले १०औंं ओभर चलिरहँदा एक विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिनुभएको हो ।।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *