नेपाली क्रिकेट टिमलाई जनही १ लाख रूपैयाँ दिने बागमति प्रदेश सरकारको घोषणा

बागमति प्रदेश सरकारले नेपाली क्रिकेट टिमलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक खेल अन्तर्गत नेपाली क्रिकेट टोलीले बिहिबार क्रिकेट विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रदेश बधाई दिंदै उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको अनुसार क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप जनही १/१ लाख रुपैयाँ रकम पुरस्कार प्रदान गरिने छ। सोहि खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्दै नेपाली क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएको उहाँको भनाइ छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई नेपालले हराएको थियो। युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको थियो ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *