पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परि स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अहिले बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *