विश्वकप क्रिकेट छनोटको यात्रा तय: नेपाली क्रिकेट टिमलाई हौसलापूर्ण बधाई

नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको हो।

नेपालले विश्वकप क्रिकेटमा आफ्नो स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक संजाल मार्फत बधाई दिनुभएको छ। उच्च कौशल प्रदर्शन गर्दै नेपाललाई विजयी गराएर देशको स्वाभिमान र गौरव राख्न सफल भएको भन्दै क्रिकेट टिमको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिनुभएको हो।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सामाजिक संजाल मार्फत बधाई दिनुभएको छ। उहाँले ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि शुभकामना दिंदै आफुलाई यहि दिनको प्रतिक्षा रहेको उल्लेख गर्नुभयो। ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना।’ उहाँले भन्नुभयो।

यस्तै रास्वपाले पनि नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गरेको छ। बिहिबार विश्वकप क्रिकेट लिग टु अन्तर्गत अन्तिम खेलमा दर्शकका रूपमा रास्वपाका सभापति रबि लामिछाने सहभागी हुनुभएको थियो।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई नेपालले हराएको थियो। युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको हो ।

अहिले चौतर्फी सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टिमलाई बधाई दिंदै छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *