उपराष्ट्रपति यादवको शपथ ग्रहण कार्यक्रम भोलिको लागि तय

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शपथ ग्रहण गर्ने कार्यक्रम सोमबार तोकिएको छ। संविधानमा उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ।

सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ। उपराष्ट्रपति यादव यही चैत ३ मा निर्वाचित भएका थिए । उनले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

साथै निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

यसअघि निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पद सम्हालेका थिए। साथै उनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *