छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण नेपालीलाई आइतबार दिउँसो प्रहरीले २ केजी गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला थियो।

यस्तै मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक १८ एम्पुल, एभिल १८ एम्पुल, डाईजेपाम १८ एम्पुल र फेनारगन १८ एम्पुलसहित झापा दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रन्जित पण्डितलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

अहिले उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *