सत्ता गठबन्धन पाँच वर्ष सम्मनै टिक्ने अध्यक्ष नेपालको दाबी

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले १० दलीय गठबन्धन पाँच वर्ष सम्मनै टिक्ने बताएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो भनेका हुन्।

अहिलेको गठबन्धनले राजनीतिक स्थायित्व दिने बताउँदै नेपालले राष्ट्रका सामू रहेका सबै चुनौतीहरु सामना गर्न गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने दावी गरे। उनले भने, ‘अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ । राजनीतिक स्थायित्व दिन्छ ।’

यस्तै उनले राजनीतिक दल र नेपाली जनतालाई आह्वान गर्दै उनले भने, ‘राष्ट्रका सामू रहेका सबै चुनौतीहरु सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ । यस कुरामा विश्वस्ता हुन सबै माननीय ज्यूहरु, सबै राजनीतिक दल र नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु।’

उनले फेरि थप्दै भने, ‘बिदेशी सामुको सम्बन्धमा शिर निहु-याउने होइन शिर ठाडो पर्ने हो। हामी प्रतिबद्धता गर्छौं तर कार्यन्वयन कहिलै गर्दैनौं।’

साथै उनले प्रधानमन्त्रिलाई समर्थन गर्ने समेत बताए।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *