सामाजिक न्याय र समावेशी विकासका कार्यहरु गति लिन थाले: प्रधानमन्त्रि प्रचण्ड

प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय क्षेत्र रुपान्तरको लागि १ सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणमाथि सहमति दिएको बताएका छन्। उनले प्रतिधिसभाको प्रस्तावमाथिको बहसमा सरकारले उक्त ऋण स्वीकार गर्न सैद्धान्तिक सहमति दिइएको बताएका हुन्।

यस्तै उनले महिला सशक्तिकरण, युवा रोजगारी र उद्यमशिलता विकासका लागि विभिन्न कार्यक्रमहरु कार्यन्वयनमा ल्याइएको समेत बताए। उनले भने, ‘सामाजिक न्याय र समावेशी विकासका कार्यहरु गति लिन थालेका छन्। विभिन्न पिछडिएका वर्ग, लोपन्मुख जाति र सिमान्तकृत समुदायको संरक्षण र विकासको लागि लक्षित कार्यक्रमहरु संचालन गरिएको छ। ‘

यस्तैगरि नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट करिब १४ अरब ३१ करोड अनुदान सहायता उपलब्ध हुने उनले जानकारी दिए। साथै विश्व बैङ्कबाट १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा ३.८७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न सैद्धान्तिक स्वीकृति दिइएको समेत उनले बताए।

अहिले प्रतिनिधि सभाको बैठक जारी रहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *