कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको प्रहरीले जनाएको छ।

गए राति जोशीपुरमा आफन्तको पास्नीको भोज खाएर भजनी नगरपालिका-९ कुणीतर्फ फर्किंदै गर्दा से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरी रहेका छन्। साथै दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए।

अहिले सोहि दुर्घटनाबाट घाइते भएका १६ जनाको भजनी नगरपालिकाकै घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।

प्रहरीको अनुसार ट्याक्टर चालक भजनी नगरपालिका-९ का सुरज चौधरी भने फरार रहेका छन्। उनको खोजि कार्य जारि रहेको छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *