नुवाकोटमा भरूवा बन्दुकसहित एक जना पक्राउ

नुवाकोटमा भरूवा बन्दुक १ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्त बहादुर तामाङलाई भरूवा बन्दुकसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

सोहि विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *