सडकको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड पुगे गोरखा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा पुगेर सडकको शिलान्यास गरेका छन्। मंगलबार उनले गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास गरेका हुन्।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा ८० करोड रुपैयाँको लागतमा सडक निर्माण हुँदै छ।

शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *