सरकारको नेतृत्व आलोपालोमा हुन्छ: प्रधानमन्त्रि प्रचण्ड

प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व आलोपालो गर्ने बताएका छन्।

गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै प्रचण्डले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने जिकिर गरे।

नेपाली काँग्रेस र अन्य पार्टीसँग सरकार विस्तारको विषयमा गम्भीर संवाद छलफल सुरु भएको बताउँदै सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रिया लागेको उल्लेख गरे। उनले भने, ‘संघदेखि प्रदेश सरकार पुनर्गठन हुने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा गठबन्धन दलहरुसँग छलफल गर्दै छौँ। ‘

यस्तै उनले सडकको शिलान्यासको क्रममा सडक विकासको पहिलो आधारशिला भएकोले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको समेत बताए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *