ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना घाइते

दैलेखमा आज ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी क्षेत्रमा दुर्घटनामा परेको हो।

सोहि दुर्घटनामा पत्री मृत्यु हुने चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेका छन्। ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी किसोर लम्सालले जानकारी दिए। उनको अनुसार सहचालक भने घाइते भएका छन्। घाइते हुने प्रकाश कुमाई रहेका छन्।

ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकहरु नेपालगगञ्जको मनकामना ग्यास कम्पनीमा कार्यरत कामदारहरु भएको बताइएको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *