तनहुँ क्षेत्र नं १ को उपनिर्वाचन: आजदेखि तनहुँमा उपनिर्वाचनको चहलपहल सुरु

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको चहलपहल सुरु भएको छ। निर्वाचन आयोगले मिति घोषणा गरेपछि राजनीतिक चहलपहल सुरु भएको हो।

आयोगको अनुसार तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। उक्त क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको सोहि क्षेत्रमा आयोगले उपनिर्वाचन गर्न लागेको जनाइएको छ।

निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आजदेखि यही चैत १२ गतेसम्म नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ताको समयावधि तोकिएको छ।

यस्तै चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने २० गते उम्मेदवारी दर्ताको उपनिर्वाचनको कार्यतालिका रहेको छ । चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *