मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आफुहरुलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ। उहाँले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा कुराकानी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने दावी गर्नुभयो।

यस्तै उहाँले नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट समेत पार्नुभयो।
उहाँले भन्नुभयो, ‘आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिन्छु । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा छ ।’

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *