सेयर बजारमा दोहोरो अंकले नेप्से लाग्यो ओरालो

आज सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताको चौंथो कारोबारको दिन ३७ लाख ७७ हजार ४०० कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार २२.६५ अंकले नेप्से बढेको थियो।

आज सर्वाधिक नाफा कमाउनेमा माया खोला हाइड्रोपावर, सपोर्टस माइक्रोफाइनान्स लघवित्त, एनएमबी ५०, स्वाभीमान लघुवित्त र इस्ट्रन हाइड्रोपावर रहेका छन् । साथै सर्वाधिक गुमाउनेमा क्रमशः बोटलर्स नेपाल तराई, धौलागिरी लघुवित्त र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *