आज फेरि सुनको मूल्यमा ह्वातै वृद्धि

नेपाली सुनचाँदी बजारमा फेरि सुनको मूल्य बढेको छ। बिहीबार सुनको तोलामा १ हजार २ सयले बढेको हो। आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय रुपयाँमा कारोबार भइरहेको छ। यसअघि छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनचाँदी बजारमा चाँदीको २५ रुपैयाँले बढेको छ । बिहिबार १ हजार ३६० रुपैयाँ पुगेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *