काठमाडौंमा स्रोत नखुलेको १२ लाखसहित एक जना पक्राउ

काठमाडौंमा स्रोत नखुलेको १२ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने तनहुँ भानु नगरपालिका-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय संजय खनाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *