📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

टिकटकमा १५ हजार ५ मिनेटमा कमाई हुन्छ: टिकटकर रिदम क्षेत्री(हेन्सी)

🕒 March 23, 2023

नेपाली टिकटकर रिदम क्षेत्री (हेन्सी) ले टिकटकमा ५ मिनेट भित्र १५ हजार कमाइ हुने बताएका छन्। उनले स्पाइसी गफमा कुराकानी गर्दै यस्तो भनेका हुन्।

अधिकांस मानिसहरु कलेज बंक गर्दै आफ्नो जागिर छोड्दै टिकटक लाइभ आएर बस्ने गरेको बताउँदै उनले विदेशमा गएर रगत पसिना बगाउनु भन्दा नेपालमा यसरी बसेरै पैसा कमाउनु उचित रहेको तर्क गरे। उनले भने, ”टिकटकमा १५ हजार ५ मिनेटमा कमाई हुन्छ। गरिबको छोरो पढ्यो मास्टर ग-यो भने कलेज पढाएर १५ हजार खान्छ। तर टिकटक लाइभमा उसले १५ हजार ५ मिनेटमा कमाउछ।”

रामेछाप जिल्लामा जन्मिएका रिदम पछिल्लो समय यता एक चर्चित टिकटकर हेन्सी ब्वाई भनेर चिनिन्छन। उनले विभिन्न अन्तर्वार्तामार्फत देशको सन्दर्भलाई जोडेर निरन्तर खबरदारीका विषयहरु उठाउँदै आएका छन्।

यस्तै रिदम एक बहुप्रतिभा व्यक्ति हुन्। उनले सय भन्दा बढी कलाकार तथा नेताहरुको क्यारीकेचर गर्दछन। साथै गित समेत गाउन सक्ने रिदम दिनमा पाँच वटा जति टिकटक बनाउने गर्दछन। उनि भन्छन, “खाना लाउन धउधउ पर्ने मानिसले जिविका चलाउन त सक्यो नि। टिकटक ब्याण्ड नहुन्जेल त कमायो नि !”