मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण गर्नुपर्छ: प्रधानमन्त्रि प्रचण्ड

प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलन, न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको प्रधानमन्त्रि प्रचण्डले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका इतिहासमा नै अविस्मरणीयरुपमा स्थापित छ।’ राष्ट्रको महत्वपूर्ण पुँजीका रूपमा काम गरिरहेका सञ्चारमाध्यमको दीगो विकास एवं व्यवस्थापनको जिम्मेवारी साझा जिम्मेवारी हुन आइपुगेको छ, वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमका सबलीकरणमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धनको नीति लिँदै आमसञ्चार माध्यममालाई दिगो बनाउनुपर्ने स्पष्ट पार्नुभयो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *