मोटरसाइकल आफै अनियन्त्रित भइ पोलमा ठोक्किँदा चालकको मृत्यु

बाराको निजगढ नगरपालिका १३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पछाडी सवार २ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा निजगढ नगरपालिका १३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचारको क्रममा रतनपुर स्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ ।

यस्तै ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *