साताको अन्तिम दिन सेयरबजारमा नेप्से लाग्यो ओरालो

आज सेयर बजारमा नेप्से परिसूचक १८.१५ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको हो।

आज ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहिबार भएको कारोबारमा माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएको छ । यस्तै सर्वाधिक घाटा खानेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

बिहीबार बजार पूँजीकरण भने २७ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । यसअघि बजार पूँजीकारण २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *