अन्तराष्ट्रिय विमानस्थलबाट कुनै अन्तराष्ट्रिय उडान भएन: नेपालीहरु त्रिभुवन अन्तराष्टिय विमानस्थल प्रयोग गर्न बाध्य

गत जेठदेखि संचालमा आएको भैरहवाको गौतमबुद्ध अन्तराष्टिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अहिले सम्म आन्तरिक उडानहरु मात्र संचालनमा आएका छन् । राष्टिय गौरवका यी दुई अन्तराष्टिय विमानस्थलबाट अझै अन्तराष्टिय उडान हुन नसक्दा विदेश जाने नेपालीहरु त्रिभुवन अन्तराष्टिय विमानस्थल प्रयोग गर्न बाध्य छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागि चीनको एक्जिम बैंकले २२ अर्ब रुपैयाँ लागत उपलब्ध गराएको थियो। सन २०२१ को जुलाईमा निमार्ण सक्ने गरि ८ जेठ २०७१ मा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङ संग ठेक्का सम्झौता भएको थियो। तर पौषको महिना देखि संचालनमा आएको उक्त विमानस्थलबाट हाल एक पटक पनि अन्तराष्ट्रिय उडान नभएको जनाइएको छ।

यस्तै एशियाली विकास ब्याङ्कको ऋण एवं ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपियाँ खर्च गरेर निर्माण गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल गत जेष्ठ महिना देखि संचालनमा आएको थियो। तर अहिले सम्म कुनै पनि अन्तराष्ट्रिय उडान भरेको छैन। अझै पनि नेपाली नागरिकहरु काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश जान बाध्य रहेका छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *