एकमहिने रमजान ‘रोजा’ व्रत सुरु

आजबाट इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ। शुक्रबारदेखि हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् ।

‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेको जनाइएको छ।

यस्तै हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ । यसअनुसार ‘सवान’ सकिएपछि बिहीबार साँझ चाँद (चन्द्रमा) देखिएको हुँदा रमजान महिना आज प्रारम्भ भएको महोत्तरीको भङ्गाहा–४ का बासिन्दा ८५ वर्षीय हाजी (मक्का मदिना पुगेर विशेष धार्मिक अनुष्ठान पूरा गरेका इस्लाम धर्मावलम्बीलाई दिइने उपाधि) बिहारी अन्सारीले बताए।

इस्लाम धर्मावलम्बीले गए राति मस्जिद (धार्मिक प्रार्थनास्थल) मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान शरिफको ‘रोजा’ (व्रत ) सुरु गरेका हुन् । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म ‘रोजा’ (व्रत) गर्ने परम्परा छ ।

नेपाल भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आएअनुरुप गएराति चन्द्रमा देखिएकाले आज ‘रोजा’ सुरु गरिएको नेपाली मुसलमानको भनाइ छ ।

नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *