बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालक दलको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका १३ मा बेलुकी मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा निजगढ नगरपालिका १३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन् । ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको थियो। उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका बिकको उपचारको क्रममा रतनपुर स्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो ।

यस्तै घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *