📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘बिहे पास’ बैशाख १ गते जन्ती जाने दिन: विभिन्न हलमा प्रदर्शन हुँदै

🕒 March 24, 2023

नेपाली चलचित्र ‘बिहे पास’को ट्रेलर आज सार्वजानिक भएको छ। नयाँ वर्ष २०८० लाई लक्षित गरि बैशाख एक गते देशका विभिन्न सिनेमा हलामा एकैसाथ प्रदर्शन हुँदै छ।

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको उक्त चलचित्र एक सामाजिक नाटक समेटेर तयार पारिएको छ। सोहि चलचित्रले पछिल्लो नेपाली समाजमा विवाह परम्परा तथा संस्कारलाई सजिलो बुझ्ने शैलीमा चित्रण गर्दछ।

रिलिज भएको ट्रेलर हेर्दा विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई दर्शाएको देखिन्छ। मुख्य पात्रमा अभिनय गरेका दयाहाङ राईको सोहि चलचित्रमा विवाह गर्नैको लागि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न संघर्ष गरिएको देखाइएको छ। जसमा दयाहाङ र प्रकृतिले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

यस्तैगरि प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको सोहि चलचित्रमा शिशिर बाङदेल, बुद्धि तामाङ र रविन्द्र झाको समेत महत्वपूर्ण भूमिका रहेको छ।