हेटौडा सिमेन्ट उद्योग आजदेखि बन्द

हेटौडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ। सरकारी स्वामित्वमा संचालित उक्त उद्योग आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि बन्द भएको हो।

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णको अनुसार आगामी एक हप्तामा मर्मत भई पुनः सञ्चालनमा आउने छ। उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ । मेसिनको मर्मतको कार्य सुरु भएको उनेल जानकारी दिए।

यस्ती सिमेन्ट उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको र उद्योगको गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।

सोहि उद्योग नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको थियो र २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गर्दै आएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *