अहिलेको गठबन्धनबाट देशको भविष्य नरहेको पुर्वअर्थमन्त्री पौडेलको जिकिर

पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोखा दिएको बताएका छन्। उनले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताउंदै यस्तो टिप्पणी गरेका हुन्।

अहिलेको गठबन्धनबाट देशको भविष्य नरहेको र यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने जिकिर गरे। उनले भने ‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन।’ अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको छ।’

यस्तै एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी गराउंदै उनले पौष १० गते समझदारीका साथ सरकारमा गएको स्मरण गरे। उनले भने, ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।’

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *