ढुंगा झार्ने क्रममा टिपरले च्यापिएर सुर्खेतमा एक चालकको मृत्यु

सुर्खेतमा टिपरले च्यापिएर एक चालकको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १ मा सडक निर्माणको क्रममा ढुंगा बोकेको टिपर पल्टिँदा मृत्यु भएको जनाइएको छ।

मृत्यु हुने वीरेन्द्रनगर नपा- २ टेम्पोपार्क बस्ने चालक २२ वर्षीय उमेश विक रहेका छन्। बाँगेसिमलदेखि ल्याण्डफिल्ड साइटतिर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिपर सडक किनारामा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले दिएको जानकारी अनुसार ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित हुँदा चालक उमेश च्यापिएको हुन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *