‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमाको देखियो यस्तो लुक्स

चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ। पशुपति क्षेत्र परिसरमा छायांकन सुरु भएको उक्त चलचित्रमा नायिका खड्का दुर्गाको रुप धारण गरिएकी देखिन्छिन। उनलाई सोहि चलचित्रमा दुर्गा भवानीको भूमिका दिइएको छ।

गत शुक्रबारदेखि छायांकन गरिएको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्दै छन्। साथै क्यामेरामा निरज कँडेल रहेका छन्। खगेन्द्र लामिछानेको पटकथा, लेखन र निर्माण रहेको यो चलचित्र भष्मे डनको पात्रमा आधारित रहेको छ।

यस्तै यस चलचित्रमा विपीन र स्वस्तिमाबाहेक सौगात मल्ल, वर्षा सिवाकोटी, खगेन्द्र लामिछानेलगायतको अभिनय रहेको छ ।

यसअघि यसको पहिलो संस्सकरण चलचित्र ‘पशुपतिप्रसाद’ चलेको थियो। अहिले यसलाई ‘पशुपतिप्रसाद-२ भष्मे डन’ भनिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *