प्रहरीमा सुधार आवश्यक रहेको छ: नवनियुक्त आईजीपी कुँवर

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन्। आईतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्ने समारोहमा बोल्दै उनले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने घोषणा समेत गरेका हुन्।

उनले भने, ‘ प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो कहिले हुँदैन। प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफुलाई पनि नरहेको तर्क गरे। उनले भने, ‘अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने छु। ‘

यस्तै आईजीपी कुवँरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने हिसाबले आफु प्रतिबद्ध रहेन बताए।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको थियो।

नेपाल प्रहरी


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *